२४ जेठ २०८३, आइतबार

एसईई पूरक परीक्षाको नतिजा असार २५ भित्र सार्वजनिक गर्ने तयारी

Logo
Pulse Khabar शनिबार, जेठ २३, २०८३

काठमाडौं:राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई)को पूरक तथा ग्रेडवृद्धि परीक्षाको नतिजा दुई साताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ।

बोर्डका अनुसार आगामी असार १ देखि ९ (नौ) गतेसम्म सञ्चालन हुने पूरक परीक्षापछि उत्तरपुस्तिका परीक्षण र अन्तिम प्रक्रिया पूरा गरी असार २५ गतेभित्र नतिजा प्रकाशित गर्ने लक्ष्य राखिएको छ । परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार परीक्षा सम्पन्न भएको करिब दुई साताभित्र नतिजा निकाल्ने अभ्यास अपनाइनेछ । उनले एसईई २०८२ को मूल नतिजा एक महिनाभित्र सार्वजनिक गरिएको स्मरण गराउँदै पूरक नतिजा पनि छिट्टै निकाल्ने तयारी भइरहेको बताए ।

यस वर्ष एसईईमा करिब एक लाख ४६ हजार ५०७ विद्यार्थी ‘ननग्रेडेड’ भएका थिए । तीमध्ये ‘सी’ ग्रेडभन्दा कम प्राप्त गर्ने विद्यार्थीहरू पूरक परीक्षामा सहभागी हुन योग्य हुने व्यवस्था गरिएको छ ।तर, पूरक परीक्षामा सहभागी हुने विद्यार्थीको अन्तिम संख्या भने अझै यकिन हुन बाँकी रहेको बोर्डले जनाएको छ । बोर्डले नतिजा समयमै निकालेर विद्यार्थीलाई आगामी अध्ययन योजनामा ढिलाइ नहोस् भन्ने लक्ष्य राखेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206