२१ जेठ २०८३, बिहिबार

मौसम अपडेट: पहाडमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्दै

Logo
Pulse Khabar बिहिबार, जेठ २१, २०८३

काठमाडौं : पश्चिमी भू–भागनजिक उपल्लो वायुमण्डलमा विकसित न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण आज (बिहीबार) देशका विभिन्न क्षेत्रमा मौसममा परिवर्तन देखिने भएको छ ।

मौसम पूर्वानुमान महाशाखाले हिमाली तथा पहाडी भू–भागमा वर्षा र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको जनाएको छ ।तराईका केही क्षेत्रमा गर्मी बढ्ने अनुमान गरिएको छ । महाशाखाका अनुसार हाल गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । तराईका अधिकांश क्षेत्रमा भने मौसम मुख्यतः सफा रहेको छ ।

बिहीबार दिउँसो देशका हिमाली र पहाडी भू–भागमा सामान्य बदली रहने तथा केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ । उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको मौसमविद्ले बताएका छन् । विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ । त्यसैगरी, कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा तापक्रम बढ्ने संकेत देखिएको छ । अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । रातको समयमा पनि कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने तथा केही स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206