०१ आषाढ २०८३, सोमबार

‘साङ्गठानिक शुद्धीकरण र सुदृढीकरण प्रहरीको प्राथमिकता’: आईजीपी दानबहादुर कार्की

Logo
Pulse Khabar बुधबार, जेठ २०, २०८३

काठमाडौँ: प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले साङ्गठानिक शुद्धीकरण एवं सुदृढीकरणलाई प्राथमिकतामा राखेर जिम्मेवारी बहन गर्न प्रहरी अधिकृतहरुलाई निर्देशन दिनुभएको छ ।

हालै सरूवा भई आ–आफ्नो कार्यक्षेत्रमा जान लाग्नुभएका प्रहरी वरिष्ठ उपरीक्षकलाई आज प्रहरी प्रधान कार्यालयमा निर्देशन दिँदै उहाँले प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखी पारदर्शी, समयसापेक्ष एवं नागरिकमैत्री सेवाभावका साथ नतिजामुखी कार्यसम्पादन गर्न आग्रह गर्नुभयो । महानिरीक्षक अर्यालले आफूलाई प्राप्त जिम्मेवारी पूर्ण व्यावसायिक, जनमुखी, इमानदारी एवं निष्ठापूर्वक सम्पादन गर्न निर्देशन दिनुभयो ।

त्यसअवसरमा मानवस्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारी, अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशीलसिंह राठौर र कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले पदीय जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्न अनुरोध गर्नुभयो

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206