विराटनगरमा पत्रकारहरूको व्यावसायिक तथा प्राविधिक क्षमता अभिवृद्धिका लागि तीन दिने विशेष तालिम सुरु भएको छ ।
आज (बुधावार) कञ्चनजङ्घा पार्टी प्यालेसमा ’पेशागत पत्रकारिता तथा मल्टिमिडिया सम्बन्धी क्षमता विकास तालिम’ कार्यक्रम औपचारिक रूपमा प्रारम्भ भएको हो। जुन मिडिया नेटवर्क प्रा. लि. को आयोजना र विराटनगर महानगरपालिकाको सहयोगमा सञ्चालन भइरहेको तालिम जेठ २०, २१ र २२ गतेसम्म हुनेछ ।तालिममा सहभागी पत्रकारहरूलाई आधुनिक मल्टिमिडियाका आयामहरू, डिजिटल पत्रकारिता, र पेशागत मर्यादासँगै क्षमता विकासका विभिन्न प्राविधिक विषयहरूमा प्रशिक्षण दिइने बताइएको छ।
प्रत्येक दिन बिहान ८ बजेदेखि सुरु हुने यस कार्यक्रमले स्थानीय स्तरमा कार्यरत सञ्चारकर्मीहरूको सीपलाई अझ दक्ष र समयसापेक्ष बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकले लिएको छ। तालिममा विराटनगर र आसपासका क्षेत्रका क्रियाशील सञ्चारकर्मीहरूको सहभागिता रहेको छ।


