२० जेठ २०८३, बुधबार

विराटनगरमा नयाँ (ओमोडा ई५ प्रो) सार्वजनिक, एकपटक चार्जमा ३५० किमि गुड्ने

Logo
सौरभ फुयल बुधबार, जेठ २०, २०८३

विराटनगर : कोशी प्रदेशको रादधानी बिराटनगरमा (मंगलबार) नेपालमा निकै रुचाइएको विद्युतीय सवारीसाधनको बजारमा नयाँ आकर्षण थप्दै पायोनियर मोटो कर्प प्रा. लि. विराटनगरले (ओमोडा | जेको ) ब्रान्डअन्तर्गतको अत्याधुनिक (ओमोडा ई५ प्रो) औपचारिक रूपमा सार्वजनिक गरेको छ।

नेपालमा (ओमोडा ई५) ले छोटो समयमै १,५०० भन्दा बढी ग्राहकको विश्वास जित्न सफल भएको अवस्थामा कम्पनीले थप उन्नत प्रविधि, स्मार्ट फिचर र प्रिमियम सुविधासहितको (ई५ प्रो) एचय बजारमा ल्याएको हो। नयाँ (ओमोडा ई५ प्रो) एचय मा ५०.७ पध्ज क्षमताको ब्याट्री प्याक, ९९ पध् इलेक्ट्रिक मोटर तथा २८८ Nm टर्क रहेको छ। यसले WLTP मापदण्डअनुसार एकपटकको पूर्ण चार्जमा ३५० किलोमिटरसम्म यात्रा गर्न सक्ने क्षमता प्रदान गर्छ। साथै, १९१ मिमी ग्राउन्ड क्लियरेन्स र आकर्षक १८ इन्च अलोय ह्विल्स ले नेपाली सडकका लागि अझ उपयुक्त बनाएको कम्पनीले जनाएको छ। सवारीको बाह्य डिजाइनलाई अझ आकर्षक बनाउन बोल्ड फ्रन्ट फेसिया, एरोडाइनामिक प्रोफाइल तथा विशिष्ट Phantom Wing टेललाइट्स समावेश गरिएको छ। भित्री भागमा प्रिमियम केबिन अनुभव, उच्च गुणस्तरीय इन्टेरियर सामग्री र आधुनिक प्रविधिको संयोजन गरिएको छ। यसबाहेक,(ओमोडा ई५ प्रो)एचय मा ड्राइभर मसाज सिट, ८ वटा सोनी स्पिकरसहितको प्रिमियम अडियो सिस्टम, १५.६ इन्चको ठूलो वाइडस्क्रिन इन्फोटेनमेन्ट डिस्प्ले लगायतका सुविधा समावेश छन्, जसले यात्रालाई थप आरामदायी र मनोरञ्जनपूर्ण बनाउने विश्वास गरिएको छ।

सुरक्षाको दृष्टिले पनि यो गाडी अत्यन्तै सशक्त रहेको कम्पनीको दाबी छ। गाडीमा १९ भन्दा बढी  एडभान्स ड्राइभर एस्सिस्टेन्स सिस्टम फिचरहरू तथा ५४० डिग्री सराउन्ड भ्यू क्यामेरा प्रणाली उपलब्ध छ, जसले चालकलाई सुरक्षित र आत्मविश्वासपूर्ण ड्राइभिङ अनुभव प्रदान गर्छ। कम्पनीले (ओमोडा ई५ प्रो ) Single Tone भेरियन्टको मूल्य रु. ५१ लाख ५१ हजार र Dual Tone भेरियन्टको मूल्य रु. ५२ लाख ११ हजार निर्धारण गरेको जनाएको छ। सार्वजनिक कार्यक्रमको अवसरमा पहिलो ५० ग्राहकका लागि रु. ४९ लाख ९९ हजारको विशेष मूल्य सहित एक वर्षको निःशुल्क Auto Plus Insurance समेत उपलब्ध गराइने घोषणा गरिएको छ। विद्युतीय सवारी क्षेत्रमा नवीन प्रविधि, प्रिमियम सुविधा र उच्च सुरक्षा मापदण्डको संयोजनका साथ आएको (ओमोडा ई५ प्रो)ले नेपाली बजारमा नयाँ मानक स्थापित गर्ने अपेक्षा गरिएको छ। कम्पनीका अनुसार गाडीको बुकिङ तथा जानकारीका लागि विराटनगरस्थित आधिकारिक (ओमोडा | जेको) शोरुममा सम्पर्क गर्न सकिनेछ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206