१८ जेठ २०८३, सोमबार

तस्करी रोक्न विराटनगर–जोगबनी नाकाको सिमानामा काडेतार

Logo
Pulse Khabar सोमबार, जेठ १८, २०८३

विराटनगर । विराटनगर–जोगवनी सिमावर्ती क्षेत्रमा तस्करीलगायतका अवैध गतिविधि नियन्त्रण गर्न सशस्त्र प्रहरी बल मोरङले कडा कदम चालेको छ ।

सीमानाकाको १ नम्बर ढाट आसपासका क्षेत्रमा पर्ने नेपालतर्फको पर्खालमा काँडे तार लगाएर घेराबारा गरिएको हो । विभिन्न स्थानका प्वालहरू समेत बन्द गरिएको छ ।सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी गेहेन्द्र भण्डारीका अनुसार सरसामानको अवैध तस्करी बढ्दै गएको भनेर स्थानीयस्तरबाट लगातार गुनासो आएपछि सिमानामा नेपालतर्फको पर्खालमा काँडेतार लगाइएको हो । १ नम्बर ढाटस्थित स्वास्थ्य डेस्क रहेको स्थान पछाडि नेपालतर्फको सीमित क्षेत्रमा आइतबार काँडे तारसहितको घेराबारा गरिएको जानकारी उनले दिए ।एसपी भण्डारीका अनुसार जोगवनी नाका हुँदै दरैयाबस्ती तथा अन्य खुला सीमावर्ती क्षेत्रबाट तस्करहरूले पोका बनाएर सामान ओसारपसार गर्ने, पर्खाल चढ्ने र वारपार गर्ने गतिविधि बढ्दै गएको थियो । यस्ता गतिविधि नियन्त्रण गर्न सीमामा निगरानी बढाइएको उनले बताए ।सशस्त्रले सोमबार करिब ५ लाख ४८ हजार रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ । बरामद भएका तस्करीका सामानहरूमा मुख्यतः कस्मेटिक सामग्री, लत्ताकपडा तथा खाद्यान्न रहेको भण्डारीको भनाइ छ । नियन्त्रणमा लिइएका सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी विराटनगर भन्सार कार्यालयमा बुझाइएको छ ।

एसपी भण्डारीका अनुसार सीमामा भइरहेको अवैध ओसारपसार रोक्नका लागि मात्र नभई प्रणालीगत रूपमा नियन्त्रण सुदृढ गर्न पनि संरचनागत सुधार गरिएको हो । सोही क्रममा विराटनगरतर्फको सीमामा रहेका विभिन्न पर्खाल तथा नजिकका घरहरुमा रहेका ३७ वटा प्वालहरू समेत बन्द गरिएको उनले बताए ।उनले सीमावर्ती क्षेत्रमा तस्करीलाई निरुत्साहित गर्न नियमित गस्ती गर्दै निगरानी बढाइएको बताए । खुला सीमा क्षेत्रका कारण तस्करी सहज हुने गरेको गुनासो बढेपछि सुरक्षा निकाय सक्रिय बनेका छन् ।मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले तस्करी, विभिन्न अपराध एवं अवैध गतिविधि नियन्त्रण गर्न सबै पक्षसँग समन्वय गरेर नेपाल–भारत सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको बताए । ‘नेपाल–भारत सीमा क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । तस्करीलगायतका अवैध गतिविधि रोक्न कुनै कसर बाँकी राखिने छैन,’ एसपी कटवालले भने ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206