०४ कार्तिक २०८३, मंगलबार

केन्द्रीय विद्युत् प्रसारणले फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी

Logo
Pulse Khabar मंगलबार, कार्तिक ०४, २०८३

भोजपुर: जिल्लाको टेम्केमैयुङ गाउँपालिका–६ का दुर्गम बस्तीमा केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तार भएपछि स्थानीयको दैनिकी सहज बनेको छ ।

लामो समयदेखि विद्युत् सेवा उपभोग गर्ने सपना बोकेर बसेका स्थानीयको घरघरमा बिजुली पुगेपछि उत्साहित भएका छन् । विद्युत् विस्तारसँगै स्थानीय सूचना, सञ्चार तथा प्रविधिको पहुँचमा जोडिनुका साथै दैनिक जीवनयापनमासमेत परिवर्तन आएको छ ।भौगोलिक रूपमा ठूलो क्षेत्रफलमा फैलिएको वडाका विभिन्न बस्तीमा विद्युत् विस्तार भएपछि स्थानीयले इन्टरनेट, टेलिभिजनलगायतका सुविधाको उपभोग गर्न पाएका छन् । यसअघि विद्युत् अभावका कारण ओझेलमा परेका बस्तीका नागरिक अहिले सूचना तथा सञ्चारको पहुँचमा जोडिन थालेका छन् । विद्युत् पुगेपछि बालबालिकाको अध्ययनदेखि घरायसी कामकाज र स्थानीयस्तरमा सञ्चालन हुने साना उद्योगसम्म सहज भएको स्थानीयवासी बलबहादुर राईले बताउनुभयो । विगतमा विद्युत् अभावका कारण बालबालिकाको पढाइदेखि स्थानीय उत्पादनको कुटानीपिसानीसम्ममा समस्या हुने गरेको थियो ।

विद्युत् विस्तारलाई प्राथमिकतामा राखेर काम गरेपछि थोरै बजेटबाट पनि नतिजामुखी काम गर्न सफल भएको वडाध्यक्ष सूर्यप्रसाद नेपालले बताउनुभयो । भौगोलिक रूपमा ठूलो क्षेत्र भएकाले सबै बस्तीमा विद्युत् पु¥याउन विभिन्न चुनौती सामना गर्नुपरे पनि प्राथमिकताका आधारमा काम अघि बढाउँदा लक्ष्य हासिल गर्न सफल भएको उहाँको भनाइ छ ।विद्युत् विस्तारसँगै स्थानीयले विद्युतीय मिलको सहायताले कुटानीपिसानी गर्न थालेका छन् । यसबाट परम्परागत रूपमा गर्नुपर्ने श्रम र समयको बचत भएको छ । त्यस्तै, फर्निचरलगायत घरेलु उद्योग सञ्चालन गर्न सहज भएपछि स्थानीय उत्पादन तथा आयआर्जनका गतिविधिमा टेवा पुगेको वडाले जनाएको छ । विद्युत् सेवा विस्तारले ग्रामीण क्षेत्रका नागरिकको जीवनशैलीमा परिवर्तन ल्याउनुका साथै शिक्षा, सञ्चार र स्थानीय उद्यम विकासका लागि नयाँ सम्भावनासमेत सिर्जना गरेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206