१७ जेठ २०८३, आइतबार

विराटनगरमा ‘हिमालयन रोड किताब मेला २०८३’ आयोजना हुने

Logo
सौरभ फुयल शनिबार, जेठ १६, २०८३

विराटनगर । विराटनगरको ऐतिहासिक, प्राज्ञिक तथा सांस्कृतिक गरिमालाई प्रवद्र्धन गर्ने उद्देश्यसहित भोली जेठ १७ गते आइतबार विराटनगरमा एकदिने ‘हिमालयन रोड किताब मेला २०८३’ आयोजना हुने भएको छ।

दिगो विकास इन्स्टिच्युट, ग्रिन सिटी भोलिन्टियर विराटनगर, नर्थ साउथ कलेक्टिभ्स, पुस्तक विक्रेता, स्थानीय साहित्यिक व्यक्तित्व तथा जागरुक युवाहरूको संयुक्त पहलमा हिमालय रोडमा मेला आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।मेलाको मुख्य उद्देश्य समाजमा पठन संस्कृति ((Reading Culture)) को विकास गर्नु, पुस्तक पसल तथा प्रकाशन क्षेत्रलाई प्रोत्साहन गर्नु, पाठक र लेखकबीच प्रत्यक्ष संवादको वातावरण सिर्जना गर्नु तथा बौद्धिक विमर्शलाई प्रवद्र्धन गर्नु रहेको छ। आयोजकका अनुसार यस कार्यक्रमले नयाँ पुस्तामा अध्ययनप्रतिको रुचि बढाउन र रचनात्मक सोचको विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

मेलामा पुस्तक प्रदर्शनी, साहित्यिक कुना ‘बुक कर्नर’ सञ्चालन गरिनेछ, जहाँ सहभागीहरूले बसेर पुस्तक पढ्न र साहित्यिक वातावरणको अनुभव गर्न सक्नेछन् ।
कार्यक्रम अन्तर्गत दुई विषयगत सत्र सञ्चालन हुनेछन्। पहिलो सत्रमा ‘विराटनगरमा साहित्य: विगतदेखि वर्तमानसम्म’ विषयमा खेमराज नेपाली, निर्मला कोइराला र कर्ण सन्जयले आफ्नो धारणा राख्नेछन्। त्यसैगरी दोस्रो सत्र ‘नेपाली वाङ्मय र विराटनगर’ विषयमा केन्द्रित रहनेछ, जसमा मनु मन्जिल् , दिनेश श्रेष्ठ र सगुना साह् वक्ताका रूपमा सहभागी हुनेछन्।

यसका साथै कविता वाचन, सांस्कृतिक नृत्य तथा विभिन्न कलात्मक प्रस्तुतिसहित सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिने आयोजकले जनाइएको छन् । आयोजकले पुस्तकप्रेमी, विद्यार्थी, साहित्यकार तथा सर्वसाधारणलाई कार्यक्रममा सहभागी भई पठन संस्कृतिको प्रवद्र्धनमा योगदान दिन अपिल गरेका छन्।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206