आज देशभर आठौं राष्ट्रिय महिला अधिकार दिवस विभिन्न कार्यक्रमका साथ मनाईदै छ ।
देशभर ‘महिला अधिकारको सम्मान, आत्मनिर्भरता र समृद्धिको अभियान ’ भन्ने मुल नाराका साथ यो दिवस मनाउन लागेको हो । महिला अधिकारका क्षेत्रमा भएका बिभिन्न चार उपलब्धीको खुसीमा सरकारले हरेक वर्ष जेठ १६ गतेलाई राष्ट्रिय महिला अधिकार दिवसको रुपमा मनाउने निर्णय गरेको थियो । त्यसैले २०७६ साल देखि यो दिवस मनाउन सुरु गरिएको हो ।
महिला अधिकारको क्षेत्रमा प्राप्त चार महत्वपूर्ण उपलब्धिमा आमा वा बुवामध्ये कुनै एकको नामबाट नागरिकता प्राप्त गर्ने व्यवस्था, राज्यका सबै संरचनामा कम्तीमा एक तिहाइ महिला सहभागिताको सुनिश्चितता, महिलाविरुद्ध रहेका विभेदकारी कानुनहरूको खारेजी तथा महिलामाथि हुने हिंसा अन्त्यका लागि कानुनी र नीतिगत व्यवस्था रहेका छन्।
