१३ जेठ २०८३, बुधबार

एसियन महिला छनोटः चीनलाई हराउँदै नेपाल विजयी

Logo
Pulse Khabar बुधबार, जेठ १३, २०८३

काठमाडौँ: नेपाली महिला टोलीले एशियन गेम्स महिला छनोटअन्तर्गत चीनमाथि १९ रनको शानदार जित हात पारेको छ ।

मलेसियाको बायुमास ओभल क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीन निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १०६ रनमा समेटियो । चीनको लागि मिङ्युए झुले सर्वाधिक ३० रन बनाइन् । त्यस्तै वाङ हुईयिङले २१ तथा वेई हैटिङले १८ रन जोडिन् । नेपालका लागि रिया शर्माले उत्कृष्ट बलिङ गर्दै २ विकेट लिइन् ।

त्यस्तै मनीषा उपाध्याय, कविता कुँवर र पूजा महतोले समान १÷१ विकेट लिए । त्यसअघि ट्स जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १२५ रन बनाएको योगफल बनाएको थियो। नेपालका लागि पूजा महतोले उत्कृष्ट ६३ रनको अर्धशतकीय इनिङ्स खेलिन् । त्यस्तै रुवी पोद्दारले २२ रनमा अविजित रहिन् । चीनका लागि मा रुइकेले २ विकेट लिइन् भने वाङ हुईयिङ र जियापिङ लीले समान १÷१ विकेट हात पारे । अब नेपालले भोलि इन्डोनेसियासँग खेल्नेछ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206