०७ जेठ २०८३, बिहिबार

मिल्स गोल्डकपको छैटौँ संस्करणः विजेतालाई २ लाखको पुरस्कार

Logo
Pulse Khabar बुधबार, जेठ ०६, २०८३

मोरङ, ६ जेठः मिल्स गोल्डकप फुटबल ट्रस्ट रानी विराटनगरद्वारा यही जेठ ९ गतेदेखि १६ गतेसम्म छैटौँ ‘मिल्स गोल्डकप फुटबल प्रतियोगिता–२०८३’ सञ्चालन गर्ने भएको छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा विराटनगर जुट मिल्सको खेल मैदानमा कोशी प्रदेशका ‘क’ श्रेणीका आठ फुटबल टिमहरुले प्रतिस्पर्धा गर्ने जनाइएको छ । प्रतियोगितामा कनकाई स्पोर्टिङ क्लब भापा, ब्रदरहुड फुटबल क्लब उदयपुर, एपीएफ पकली, टी डब्लु वाईसी विराटनगर,लेटाङ फुटबल क्लब, कोशी प्रदेश प्रहरी कार्यालय रानी, इनरुवा फुटबल क्लब सुनसरी र लालीगुराँस स्पोर्टिङ क्लब मिल्स एरिया सहभागी हुनेछन् ।

ट्रस्टका अध्यक्ष विष्णु डङ्गोलले स्थानीयस्तरका युवाहरूमा फुटबलप्रति आकर्षण जगाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । प्रतियोगिताका विजेता टोलीले दुई लाख एक हजार १११ रुपैयाँसहित ट्रफी पाउने छन् भने उपविजेता टोलीले एक लाख एक हजार १११ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी चार वटा विधागत पुरस्कारबापत तीन हजार १०० रुपैयाँ र प्रत्येक दिनको उत्कृष्ट खेलाडीलाई दुई हजार ५०० रुपैयाँ प्रदान गरिनेछ । प्रतियोगिता सम्पन्न गर्न १० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको प्रतियोगिताका संयोजक अमृत गुरुङले जानकारी दिनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206