विराटनगर:नेपाल पत्रकार महासंघ मोरङको वार्षिक साधारण सभा आगामी जेठ ७ गते बिहीबार आयोजना गर्ने भएको छ। कार्यक्रमको उद्घाटन भने पत्रकार महासंघको साधारण सभा केन्द्रिय अध्यक्ष निर्मला शर्मा द्वारा हुनेछ ।
महासंघले सार्वजनिक गरेको निमन्त्रणाअनुसार साधारण सभा विराटनगरस्थित होटल एशियाटिकमा बिहान ९ बजेबाट सुरु हुन बताईएकोे छ।महासंघले सम्पूर्ण साधारण सदस्यहरूलाई कार्यक्रममा अनिवार्यरुपमा उपस्थितिका लागि हार्दिक अनुरोध गरेको छ।साथै कार्यक्रममा वार्षिक गतिविधि, संगठनको अवस्था तथा आगामी कार्ययोजनाबारे छलफल हुने महासंघले बताएको छ।
महासंघले कार्यक्रमलाई सफल बनाउन निमित्त सबै सदस्य तथा सञ्चारकर्मीहरूको सक्रिय सहभागिताको हुनु पर्ने अपिल गरेको छ।
