०३ जेठ २०८३, आइतबार

आज विश्व दूरसञ्चार तथा सूचना समाज दिवस मनाइँदै

Logo
Pulse Khabar आइतबार, जेठ ०३, २०८३

काठमाडौं:आज मे १७ मा नेपालसहित विश्वभर विश्व दूरसञ्चार तथा सूचना समाज दिवस आज (आइतबार) विभिन्न कार्यक्रमसहित मनाइँदै छ । हरेक वर्ष दूरसञ्चारको महत्व र अन्तर्राष्ट्रिय दूरसञ्चार संघको स्थापना दिवस मनाउन विश्व दूरसञ्चार दिवस मनाइन्छ।

आजको योगमा इन्टरनेट तथा सूचना, सञ्चार प्रविधि (आईसीटी)को प्रयोगमार्फत समाज र अर्थतन्त्रमा सकारात्मक परिवर्तन ल्याउने साथै यो दिवस केवल प्रविधिमा भएको उपलब्धीलाई मात्र होइन,अझै बाँकी रहेको डिजिटल विभाजन घटाउने र विश्वका सबै व्यक्तिहरुलाई डिजिटल क्रान्त्तिको फाइदा पुर्याउन आवश्यक प्रयासहरुलाई पनि स्मरण गर्ने उद्देश्यका साथ मनाइन्छ । ‘डिजिटल विभाजन’ भन्नाले इन्टरनेट, कम्प्युटर, स्मार्टफोनजस्ता प्रविधिमा पहुँच भएका र नभएका व्यक्ति तथा समुदायबीचको असमानतालाई जनाउँछ । हरेक सहरी क्षेत्रमा सहज रूपमा इन्टरनेट सेवा उपलब्ध हुँदा विभिन्न दुर्गम ग्रामीण क्षेत्रका नागरिकले भने त्यस्तो सुविधा नपाउने अवस्था नै यस विभाजनको प्रमुख उदाहरण हो । विश्व दूरसञ्चार दिवसको इतिहास सन् १९६९ देखि सुरु भएको मानिन्छ ।

अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ (आईटीयू)को स्थापना र सन् १८६५ मा पहिलो अन्तर्राष्ट्रिय टेलिग्राफ महासन्धिमा हस्ताक्षर भएको स्मरणमा यो दिवस मनाउने परम्परा बसेको हो ।पछि सन् १९७३ मा स्पेनको मालागा–टोरेमोलिनोसमा सम्पन्न आईटीयूको सम्मेलनले यसलाई औपचारिक मान्यता दिएको थियो । त्यसैगरी, सन् २००५ मा भएको विश्व सूचना समाज शिखर सम्मेलनले मे १७ लाई ‘विश्व सूचना समाज दिवस’का रूपमा मनाउन संयुक्त राष्ट्रसंघलाई सुझाव दिएको थियो । सोही आधारमा २००६ देखि यो दिवस विश्वव्यापी रूपमा मनाइँदै आएको छ ।

संयुक्त राष्ट्रसंघका अनुसार यस दिवसको मुख्य उद्देश्य जसरी संसार डिजिटल हुँद गएको छ। हाम्रो साझा लक्ष्य प्रविधिको फाइदा सबैका लागि पुर्याउनु् हो, केवल केही विशेषका लागि मात्र होइन । साथै विश्व दूसञ्चार तथा सुचना समाज दिवसले हामीलाई सम्झाउँछ कि इन्टरनेट कनेक्टिभिटी कुनै विशेष सुविधा मात्र होइन ,यो हाम्रो जीवनको आधार ,हक र न्यायपूर्ण तथा दिगो भविष्यका लागि आवश्यक कुरा हो । त्यसैले डिजिटल प्रविधिको उपयोगबाट समाज एवं अर्थतन्त्रमा सिर्जना हुने अवसरका बारेमा जनचेतना फैलाउनु र सबै नागरिकलाई डिजिटल पहुँचमा जोड्ने वातावरण निर्माण गर्नु हो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206