०३ जेठ २०८३, आइतबार

ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधन कारबाहीमा, चार लाख १७ हजार राजस्व संकलन

Logo
Pulse Khabar आइतबार, जेठ ०३, २०८३

काठमाडौँ:बितेका २४ घण्टामा दुई हजार २९ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु चार लाख १७ हजार राजस्व दाखिला भएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ५९,नियमविपरीत ‘राइड सेयरिङ’ गरेका ११९, सङ्केत बत्ती उल्लङ्घनकर्ता १३२ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका २०८ जनालाई कारबाही गरिएको हो । यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ५७, निषेधित क्षेत्रमा हर्न बजाउने ९४, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने ९५, एकतर्फी सडकमा सवारी चलाउने १२६ र अन्य सवारी नियम पालना नगरेका एक हजार १३९ जनालाई कारबाही गरिएको हो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206