०४ कार्तिक २०८३, मंगलबार

मैतीदेवीको झिलिमिलीमा रमाउँदै सर्वसाधारण

Logo
Pulse Khabar मंगलबार, कार्तिक ०४, २०८३

काठमाडौँ: बडा दशैंको अवसरमा काठमाडौँको मैतीदेवी मन्दिरमा पूजाआजा गर्न आउने तथा मन्दिर र आसपासका क्षेत्रमा गरिएको झिलिमिली बत्तीको सजावट अवलोकन गर्न आउने सर्वसाधारणको भीड लागेको छ ।

दशैंको उल्लाससँगै मन्दिर परिसर र आसपासका क्षेत्रमा गरिएको आकर्षक सजावटले वातावरणलाई थप रमणीय बनाएको छ । साँझपख झिलिमिली बत्ती हेर्न, तस्बिर खिच्न तथा परिवार र आफन्तसँग समय बिताउन आउनेको चहलपहल बढेको छ । ज्ञानेश्वर ओरालोदेखि मैतीदेवी मन्दिर हुँदै पुरानो प्रहरी बिटसम्म सडकमाथि र दायाँबायाँ बिजुलीको झिलीमिली सजाइएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

धार्मिक आस्था र सांस्कृतिक परम्परासँग जोडिएको मैतीदेवी मन्दिरमा दसैँका बेला विशेष चहलपहल हुने गर्दछ। भक्तजनले मन्दिरमा पूजाआजा गरी सुख, शान्ति र समृद्धिको कामना गरिरहेका छन् ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206