३१ बैशाख २०८३, बिहिबार

विराटनगरका बुद्धि प्रधानद्वारा रचे अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ कीर्तिमान

Logo
Pulse Khabar बिहिबार, बैशाख ३१, २०८३

विराटनगर:नेपाली क्रिकेटका लागि गर्वको क्षण सिर्जना गर्दै विराटनगरका बुद्धि प्रधानले ५० वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा अम्पायरिङ गर्ने पहिलो नेपालीको इतिहास रचेका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् अन्तर्गत विभिन्न देशबीच भएका खेलहरूमा लगातार जिम्मेवारी निभाउँदै आएका प्रधानले नेपाली अम्पायरिङलाई विश्व क्रिकेटमाझ नयाँ उचाइमा पुर्‍याएका हुन्

नेपाल क्रिकेटको विकासमा खेलाडी मात्र होइन, अम्पायरिङ क्षेत्रमा पनि नेपालीले अन्तर्राष्ट्रिय पहिचान बनाउन सक्छन् भन्ने उदाहरण उनले प्रस्तुत गरेका छन् ।क्रिकेटप्रतिको लगाव र अनुशासनका कारण परिचित प्रधान विराटनगरका शैक्षिक क्षेत्रमा समेत सक्रिय छन् । उनले विराटनगरमा विद्यालय सञ्चालन गर्दै शिक्षा र खेलकुदलाई सँगसँगै अघि बढाइरहेका छन् । खेलकुदसँगै शिक्षामा समेत योगदान दिइरहेका कारण उनी युवापुस्ताका लागि प्रेरणाका स्रोत बनेका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) तथा क्रिकेट प्रेमीहरूले प्रधानको उपलब्धिलाई नेपाली क्रिकेट इतिहासकै विशेष उपलब्धिका रूपमा लिएका छन्। सामाजिक सञ्जालमा पनि उनलाई बधाई दिनेहरूको संख्या उल्लेख्य देखिएको छ । नेपालबाट अन्तर्राष्ट्रिय स्तरमा अम्पायरिङ गर्ने व्यक्तिहरू सीमित रहेका बेला बुद्धि प्रधानको यो उपलब्धिले आगामी पुस्ताका नेपाली अम्पायरहरूलाई अझ ठूलो सपना देख्न प्रेरणा दिने विश्वास गरिएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206