३१ बैशाख २०८३, बिहिबार

आगलागी, सर्पदंश र किसानका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण

Logo
Pulse Khabar बिहिबार, बैशाख ३१, २०८३

काठमाडौँ: प्रतिनिधिसभाको आजको आकस्मिक समयमा सांसदहरुले मधेस प्रदेशका विभिन्न जिल्लामा भएको आगलागी, सर्पदंशका समस्यादेखि किसानका उत्पादनमा ध्यान दिनुपर्नेसम्मका विषयमा सदन र सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

उहाँहरूले संसद्प्रति सरकार उत्तरदायी हुनुपर्ने माग पनि गर्नुभएको छ । बैठकमा सांसद नितिमा कार्की भण्डारीले सर्लाहीमा सर्पको टोकाइको असरबारे चिन्ता व्यक्त गर्नुभयो भने सांसद अङ्किता ठाकुरले सप्तरीमा भीषण आगलागीबाट छ परिवारको घरमा क्षति भएको बताउनुभयो । उहाँले एक महिनाभित्रै माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशन भएकामा सरकारलाई धन्यवाद दिनुभयो ।

सांसद निष्कल राईले मुलुकको कार्यकारी प्रमुखले सदनका काम कारवाहीलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । सांसद ऐनबहादुर महरले पनि संसदप्रति सरकार उत्तरदायी हुनुपर्नेमा जोड दिनुभयो । सांसद खुश्बु ओलीले लोकतन्त्र केवल चुनाव जित्ने अभ्यास मात्र नभई निरन्तर संवादको प्रणाली पनि हो भन्नुभयोे ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206