३१ बैशाख २०८३, बिहिबार

सगरमाथा आरोहण मार्ग पुर्ण रुपमा खुला

Logo
Pulse Khabar बिहिबार, बैशाख ३१, २०८३

काठमाडौँ:यस वर्षको वसन्त ऋतुका लागि सगरमाथा आरोहण मार्ग खुला भएको छ।सगरमाथा आधारशिविरदेखि शिखरसम्म डोरी टाँगिएसँगै आरोहण मार्ग खुला भएको हो ।संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पुस २ गते सगरमाथा,ल्होत्से र नुप्से हिमालको आरोहण मार्ग व्यवस्थापनका लागि सगरमाथा प्रदूषण नियन्त्रणसमिति र पर्वतीय सहयोग सङ्घ नेपाललाई डोरी टाँग्ने जिम्मेवारी दिएको थियो ।

हिजो बुधबार १०ः२५ बजे विश्वको सर्वोच्च शिखर सगरमाथाको आधारशिविरदेखि चुचुरोसम्मको आरोहण मार्ग निर्माण (डोरी टाँगिएको)गरिएको पर्यटन विभागले जनाएको छ । यसमा संलग्न पथप्रदर्शक तथा ‘आइसफल डाक्टर’हरूप्रति विभागले कृतज्ञता व्यक्त गरेको छ । डोरी टाँग्न आधारशिविरदेखि ‘क्याम्प–२’ सम्म आठ जना आइसफल डाक्टर तथा क्याम्प–२देखि चुचुरोसम्म ११ जना पथप्रदर्शक संलग्न रहेका विभागले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206