२० मंसिर २०८२, शनिबार

आयरल्याण्ड ‘ए’सँग अन्तिम खेल खेल्दै नेपाल ‘ए’

Logo
Pulse Khabar आइतबार, चैत्र २५, २०८०

काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीच तेश्रो तथा अन्तिम एक दिवसीय खेल हुँदै छ । यो खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।

आयरल्याण्ड ‘ए’सँग नेपाल ‘ए’ यस अघिका दुई खेलमा पराजित भएको छ । नेपाल पहिलो खेलमा २१ रन र दोस्रोमा ११४ रनले पराजित भएको थियो । सिरिजमा हार ब्योहोरिसकेको नेपाल आजको खेल जित्दै क्लिनस्वीप हुनबाट बच्ने दाउमा छ ।

नेपालका सिनियर टोलीका भीम सार्की, आरिफ शेख, अर्जुन साउद र देव खनालले उत्कृष्ट प्रदर्शन गरेमा अन्तिम खेल जित्ने अपेक्षा गर्न सकिन्छ । जितका लागि नेपाली ब्याटरले क्रिजमा धैर्यता र जिम्मेवारी देखाउनु पर्ने हुन्छ ।

नेपालको सिनियर टोलीले आज नै भारतमा एसएमएस फ्रेन्डसिप कपअन्तर्गत फाइनलमा गुजरातसँग खेल्दैछ । खेल दिउँसो साढे दुई बजे सुरु हुनेछ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206