२९ बैशाख २०८३, मंगलबार

स्कटल्यान्डद्वारा नेपाललाई २४४ रनको लक्ष्य प्रस्तुत

Logo
Pulse Khabar मंगलबार, बैशाख २९, २०८३

काठमाडौँ: आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ मा स्कटल्यान्डले नेपालसामु २४४ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २४३ रनको योगफल बनाएको हो ।

स्कटल्यान्डका लागि जर्ज मुन्सीले आक्रामक ब्याटिङ गर्दै ६२ बलमा १२ चौका र दुई छक्कासहित सर्वाधिक ७५ रन बनाए । त्यस्तै, फिन्ले म्याकक्रेथले ३५ रन जोड्दा माइकल इङ्लिस ३४ रनमा अविजित रहे । अन्त्यतिर माइकल लिस्कले २९ तथा मार्क वाटले २४ रन थपेपछि स्कटल्यान्ड सम्मानजनक योगफलतर्फ पुगेको थियो । नेपालका लागि सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै १० ओभरमा ४१ रन खर्चेर चार विकेट लिए । त्यस्तै करण केसी र नन्दन यादवले समान दुई–दुई विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206