२२ बैशाख २०८३, मंगलबार

साहसिक र मनोरञ्जनात्मक खेल सञ्चालनका लागि अनिवार्य इजाजत लिनुपर्ने

Logo
Pulse Khabar मंगलबार, बैशाख २२, २०८३

काठमाडौँ: पर्यटन विभागले साहसिक र मनोरञ्जनात्मक खेल सञ्चालनका लागि इजाजतपत्र लिन आग्रह गरेको छ ।

विभागका सूचना अधिकारी हिमाल गौतमले आज एक विज्ञप्ति जारी गरी बञ्जी जम्पिङ, स्वीङ, क्यानोनिङ, स्काई डाइभिङ, जिपलाइन, जिपकोस्टर, जेटस्की, मोटरबोटलगायतका साहसिक तथा मनोरञ्जनात्मक खेल सञ्चालन गर्न अनिवार्य दर्ता गरी इजाजत लिन आग्रह गर्नुभएको हो ।

विभागले देशका विभिन्न स्थानमा बिनाअनुमति सञ्चालन भइरहेका साहसिक तथा मनोरञ्जनात्मक खेललाई कानुनी दायरामा ल्याउन यस्तो व्यवस्था गर्न लागेको हो । सूचना अधिकारी गौतमले इजाजत नलिई यस्ता खेल सञ्चालन नगर्न र सञ्चालनमा रहेकालाई ३० दिनभित्र अनुमति लिन आग्रह गर्नुभयो ।

पर्यटन ऐन, २०३५ र पर्यटन उद्योग सेवा प्रवाह निर्देशिका, २०७० अनुसार साहसिक तथा मनोरञ्जनात्मक पर्यटनसँग सम्बन्धित संस्था वा कम्पनीले विभागबाट अनिवार्य रूपमा इजाजत लिनुपर्ने प्रावधान छ । हाल मुलुकका विभिन्न ठाउँमा अनुमति नलिई र सुरक्षा मापदण्डको समेत पालना नगरी यस्ता गतिविधि सञ्चालन भइरहेको गुनासो आएपछि विभागले उक्त सूचना जारी गरेको हो ।

“सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी सुरक्षा मापदण्डको पूर्ण पालना गरेर मात्र यस्ता खेल सञ्चालन गर्नुपर्छ, सुरक्षा मापदण्डको विश्लेषण नै नगरी आफूखुसी इजाजतबिना खेल गतिविधि सञ्चालन गर्नु कानुनविपरीत कार्य हो”, विभागद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206