१८ बैशाख २०८२, शुक्रबार

एपीएफलाई हराउँदै घरेलु टोली सांग्रीला फाइनलमा

Logo
Pulse Khabar बिहिबार, चैत्र २२, २०८०

विराटनगर । सडनडेथमा जित निकाल्दै घरेलु टिम सांग्रीला मोरङ एफए आठौं संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

विराटनगरस्थित सहिद रंगशालामा बुधबार राती सम्पन्न भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टिम सशस्त्र प्रहरी बल एपीएफललाई सडनडेथमा ४–३ गोलले पन्छाउँदै घरेलु टोली सांग्रीलाले फाइनलसम्मको यात्रा तय गरेको हो ।

निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको समयमा पनि दुवै टिमले गोल गर्न नसक्दा ट्राइबे्रकरमा पनि बराबर गोल भएपछि खेलको निर्णय सडेनडेथबाट गरिएको हो । रोमाञ्चक तथा प्रतिस्पर्धात्मक टाइबे्रकरमा दुवै टोलीले ३–३ गोल गरेका थिए । त्यसपछि खेल सडनडेथमा पुग्यो ।

सांग्रीलाले उपाधिको लागि आज हुने दोस्रो सेमिफाइनल खेलमा मच्छिन्द्र र पाहुना टोली सिक्किम ड्रागन भारतबीच हुने बिजेता टिमसँग खेल्नेछ ।

एपीएफले इटहरी गोल्डकप च्याम्प्यिन चर्च ब्वाईज युनाइटेड काठमाण्डौलाई २–० गोलले हराउँदै सेमिफाइनलमा पुगेको थियो । घरेलु टिम सांग्रीलाले भुटानको आरटिसिएफसी ३–२ गोलले हराउँदै सेमिफाइनलको स्थान पक्का गरेको थियो ।

जितमा सांग्रीलाका गोलकिपर बिशाल सुनारले प्रभावकारी भूमिका निभाए । उनले निर्धिारित र अतिरिक्त समयको आधा दर्जन बढी एपीएफको पोस्ट आक्रमणलाई निस्तेज पार्दै टिमलाई फाइनलको यात्रा गराए । उनी खेलको प्लेयर अफ द म्याच घोषित भए । उनले नगद ११ हजार रुपैया पुरस्कार पाए ।

जितपछि घरेलु टोली सांग्रीलाका प्रशिक्षक रानु राना मगरले विभागीय टोली बलियो भएपनि पुरा समय हामीले नियन्त्रण गर्न सफल भएको बताए ।  यता हारपछि एपीएफका प्रशिक्षक बुद्धिमान राईले निर्धारित समयमा खेलाडीहरुले पाएको गोल गर्ने अवसर चुकाउँदा पराजय भोग्नु परेको बताए ।

प्रतिक्रिया
हाम्रो बारे

आउदै छ

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

 

सम्पर्क

विराटनगर ५ कोशी प्रदेश

9842023757

Email: [email protected]

बिज्ञापनको लागी:

9862006206