२४ चैत्र २०८२, मंगलबार

गोलबजार मेयर गोल्डकप: उद्घाटन खेलमा इटहरी विजयी

Logo
Pulse Khabar मंगलबार, चैत्र २४, २०८२

सिरहा: सिरहाको गोलबजार नगरपालिकामा सोमबारदेखि सुरु भएको नवौँ संस्करणको ‘गोलबजार मेयर गोल्डकप’ फुटबल प्रतियोगिताको उद्घाटन खेलमा राष्ट्रिय जागृति क्लब, इटहरी विजयी भएको छ । गोलबजार नगरपालिका-२ गुरुधामस्थित खेलग्राममा भएको प्रतिस्पर्धात्मक उद्घाटन खेलमा हेटौँडा फुटबल एकेडेमीलाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले पराजित गर्दै इटहरीले सुखद सुरुआत गरेको हो ।

निर्धारित समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि हारजितको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो । खेलमा उत्कृष्ट प्रदर्शन गरेका इटहरीका गोलरक्षक विवस चौधरी ‘म्यान अफ द म्याच’ घोषित भएका छन् ।

प्रतियोगिताको उद्घाटन गर्दै मधेस प्रदेशसभाका सदस्य एवं पूर्वमन्त्री सत्रुधनप्रसाद सिंहले खेलकुदले युवालाई अनुशासन र सकारात्मक मार्गमा डोर्‍याउने बताउनुभयो । उहाँले यस्ता स्थानीय प्रतियोगिताले लुकेका प्रतिभा उजागर गर्नुका साथै सामाजिक सद्भाव र एकता मजबुत बनाउने उल्लेख गर्नुभयो । खेल क्षेत्रको दिगो विकासका लागि राज्य र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य रहेकामा उहाँले जोड दिनुभयो ।

प्रतियोगिताअन्तर्गत आज दिउँसो २ः०० बजे सिरहाको सलहेश युवा क्लब र आयोजक गोलबजार स्पोट्र्स क्लबबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । यही चैत २९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका विजेताले रु चार लाख ४४ हजार ४४४ र उपविजेताले रु दुई लाख २२ हजार २२२ नगदसहित ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा देशका विभिन्न स्थानका आठ टोलीको सहभागिता छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206