१८ बैशाख २०८२, शुक्रबार

मुम्बई इन्डियन्सको लगातार तेश्रो हार

Logo
Pulse Khabar मंगलबार, चैत्र २०, २०८०

काठमाडौ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगितामा मुम्बई इन्डियन्सको हारको सिलसिला जारी छ । मुम्बईले लगातार तेस्रो हार ब्यहोरेको छ । गएराति मुम्बईको घरेलु मैदान वानखेडेमा भएको खेलमा राजस्थान रोयल्सले मुम्बईलाई ६ विकेटले हरायो ।

मुम्बईले दिएको एक सय २६ रनको सामान्य लक्ष्य पछ्याएको राजस्थानले १५ ओभर ३ बलमा ४ विकेट गुमाउँदै भेट्टायो । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय २५ रन मात्र बनाएको थियो ।

पाँच पटकको उपाधि बिजेता टोली मुम्बईले यो सिजनमा लगातार तेस्रो हार ब्यहोर्दा राजस्थानले लगातार तेस्रो जित निकालेको छ । उसको ३ खेलमा ६ अंक छ । राजस्थान तालिकाको शीर्ष स्थानमा छ । मुम्बई पुछारमा छ । आईपीएल क्रिकेटमा आज रोयल च्यालेन्जर्स बेंगलुरु र लखनउ सुपर जायन्टस् खेल्दैछन् ।

प्रतिक्रिया
हाम्रो बारे

आउदै छ

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

 

सम्पर्क

विराटनगर ५ कोशी प्रदेश

9842023757

Email: [email protected]

बिज्ञापनको लागी:

9862006206