१८ बैशाख २०८२, शुक्रबार

थिम्पुलाई हराउँदै घरेलु टिम सांग्रिला सेमिफाइनलमा

Logo
Pulse Khabar शनिबार, चैत्र १७, २०८०

विराटनगर । पाहुना टोली भुटानको रोयल थिम्पु फुटबल क्लब (आरटिएफसी) लाई पराजित गर्दै घरेलु टिम सांग्रिला मोरङ फुटबल क्लब आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

विराटनगरको सहिद रंगशालामा आज भएको पहिलो क्वाटरफाइनल खेलमा आरटिएफसीलाई ३–२ गोलले हराउँदै सांग्रीला अन्तिम चारको स्थान सुरक्षित गरेको हो । जितसँगै सांग्रिलाले सोमबार हुने विभागीय टिम सशस्त्र प्रहरी बल र चर्च ब्वाइज युनाईटेडबीच हुने बिजेता टिमसँग खेल्नेछ ।

जितको लागि सांग्रीलाको तर्फबाट आशिष चापागाई, सुशिल राई र विदेशी खेलाडी स्याङले गोल गरे । आरटिएफसीको तर्फबाट सोरब दोर्जे दुई गोल फर्काए पनि त्यो पर्याप्त भएन । खेलको प्लेयर अफ द म्याच सांग्रीलाको महेन्द्र कार्की घोषित भए । उनले नगद ११ हजार रुपैयाँ पाए ।

भोलि (आइतबार)को खेल एनआरटी फुटबल क्बल काठमाडौं र सिकिम डे«गान भारतबीच हुनेछ । हारपछि भुटानका प्रशिक्षक उगेन दोर्जेलेले पाएको अवसर चुकाउँदा नतिजा आफ्नो पक्षमा पार्न नसकेको बताए ।

जितपछि प्रतिक्रिया दिदै सांग्रीला फुटबल क्बलका प्रशिक्षक रानु राना मगरले खेलाडीहरुले उत्कृष्ट प्रर्दशन गरेको कारणले सेमिफाइनमा पुगेको बताए । ‘सेमिफाइनलमा अहिलेको सेटमा केही खेलाडी थप हुनेछ,’ उनले भने ।

प्रतिक्रिया
हाम्रो बारे

आउदै छ

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

 

सम्पर्क

विराटनगर ५ कोशी प्रदेश

9842023757

Email: [email protected]

बिज्ञापनको लागी:

9862006206