१८ बैशाख २०८२, शुक्रबार

नेपाल ‘ए’लाई हराउँदै आयरल्याण्ड ‘ए’ले जित्यो टी २० सिरिज

Logo
Pulse Khabar शनिबार, चैत्र १७, २०८०

काठमाडौं । एक खेल अगावै आयरल्याण्ड ‘ए’ले टी–२० शृंखला आफ्नो पक्षमा पारेको छ । श्रृंखला अन्तर्गत आज दोस्रो खेलमा पनि नेपाल ‘ए’ आयरल्यान्ड ‘ए’ सँग ४० रनले पराजित भएको छ ।

मध्यम र तल्लो क्रमका ब्याटर नचल्दा नेपाल ‘ए’ दोस्रो खेलमा पनि पराजित भएको हो । आयरल्यान्ड ‘ए’ ले दिएको २२५ रनको विशाल लक्ष्य पछ्याएको नेपाल ‘ए’ १७ ओभर ५ बलमा १८४ रनमा समेटियो । नेपालले आयरल्यान्ड ‘ए’ आक्रामक सुरुवात गरेको थियो ।

पहिलो ६ ओभरमा ८७ रन जोडेको नेपालले मध्यम र तल्लो क्रममा त्यसलाई निरन्तरता दिन सकेन । ८ ओभर ४ बलमा ३ विकेट गुमाएर ११० रन जोडेको नेपालको त्यसपछि भने लगातार विकेट झ¥यो ।

यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आयरल्यान्ड ‘ए’ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २२४ रन बनाएको थियो । बलिङमा नेपालका सागर ढकालले ३, पवन सर्राफ र कमल ऐरीले एकएक विकेट लिए । पहिलो टी–२० खेलमा नेपाल आयरल्यान्डसँग २१ रनमा पराजित भएको थियो । यो जितसँगै तीन खेलको टी–२० सिरिज आयरल्यान्ड ‘ए’ ले आफ्नो पक्षमा पारेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

आउदै छ

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

 

सम्पर्क

विराटनगर ५ कोशी प्रदेश

9842023757

Email: [email protected]

बिज्ञापनको लागी:

9862006206