०३ चैत्र २०८२, मंगलबार

झापा गोल्डकपको सातौँ संस्करण माघ २४ देखि फागुन ४ सम्म

Logo
Pulse Khabar शनिबार, माघ १७, २०८२

प्रतियोगितामा नेपाल, भारत, भुटान र मलेसियाका गरी १० प्रतिष्ठित टोलीको सहभागिता रहने छन् । नेपालबाट आयोजक झापा ११ फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, त्रिभूवन आर्मी एफसी, एपीएफ एफसी, नेपाल पुलिस एफसी, मछिन्द्र एफसी र लालीगुराँस एसोसिएसन नेपाल पोखरा सहभागी हुनेछन् । अन्तर्राष्ट्रिय टोलीमा रोयल थिम्पु कलेज (भुटान), सिंग्लिङ स्पोर्टिङ क्लब (भारत) र एन पेनाङ एफसी (मलेसिया) रहनेछन् । प्रतियोगिता सम्पन्न गर्न करिब रू एक करोड ५० लाख खर्च हुने आयोजकले जनाएको छ ।

झापा गोल्डकपका पूर्वअध्यक्ष विनोद बस्नेतको स्मृतिमा समर्पित सातौँ संस्करणका लागि बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा यही माघ २४ गतेदेखि सञ्चालन हुने प्रतियोगिता आगामी फागुन ४ गतेसम्म चल्ने छ । यो संस्करणमा पुरस्कार राशि वृद्धि गरी प्रथम पुरस्कार रू १५ लाख र द्वितीय पुरस्कार नगद रू सात लाख ५० हजार बनाइएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा विधागत पुरस्कारतर्फ ‘मस्ट भ्यालुएबल प्लेयर’लाई एक थान मोटरसाइकल प्रदान गरिने छ भने सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र उत्कृष्ट प्रशिक्षकले जनही रू ३५ हजार नगद पुरस्कार पाउने छन् । प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’लाई नगद रू २५ हजार प्रदान गरिने जनाइएको छ ।

प्रतियोगितामा करिब ५० हजार दर्शकको प्रत्यक्ष सहभागिता हुने आयोजकले जनाएको छ । प्रतियोगिता अन्तरगत झापा जिल्लाका एक पुराना फुटबल खेलाडी र रङ्गशालाका जग्गादाता डोमालाल राजवंशीको परिवारलाई जनही रू २५ हजारले सम्मान तथा सहयोग प्रदान गरिने कार्यक्रम रहेको जनाइएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206