१८ बैशाख २०८२, शुक्रबार

नेपाल ए र आयरल्याण्ड ए भीड्दै

Logo
Pulse Khabar बिहिबार, चैत्र १५, २०८०

काठमाडौं । नेपाल भ्रमणमा रहेको आयरल्याण्ड ए र नेपाल एबीच आज पहिलो टी २० अभ्यास खेल हुँदै छ । टीयु क्रिकेट मैदानमा दिउँसो १ बजेदेखि खेल सुरु हुँदै छ । नेपाल ए र आयरल्यान्ड ए बीच तीन टी२० र एक दिवसीय सिरिज हुनेछ ।

नेपाल एको कप्तानी विनोद भण्डारी र आयरल्यान्ड एको निल रकले गर्नेछन् । एसीसी प्रिमियर कप र टी २० विश्वकप अघि सिनियर टिममा स्थान बनाउन यो खेल युवा खेलाडीहरुलाई उपलब्धिमूलक हुने छ । सिनियर टिममा नपरेका खेलाडीलाई आफ्नो प्रदर्शन देखाउने अवसर हो ।

नेपाल ए को टी २० टोलीमा सिनियर टोलीबाट खेलेका विनोद, लोकेश बम, देव खनाल, पवन सरार्फ, आरिफ शेख, बसिर अहमद लगायतका खेलाडी छन् ।
चोटका कारण २०२२ पछि टोलीमा फर्किएका तीव्र गतिका बलर कमलसिंह ऐरीका लागि निकै महत्वपूर्ण हुनेछ । घरेलु क्रिकेटमा राम्रो प्रभाव छाडेका दुई युवा हिटर अर्जुन घर्ती र नारायण जोशी पनि छनोटकर्ताको नजरमा हुनेछन् । दोस्रो टी२० खेल चैत १६ र तेस्रो चैत १८ मा हुनेछ ।

आयरल्यान्ड ए नेपालको सिनियर टोलीसँग भएको टी २० सिरिजको दुवै खेलमा पराजित भएको थियो । सिनियर टोली भने आज मैत्रीपूर्ण त्रिकोणात्मक सिरिज खेल्न भारत जादै छ । भारतमा बरोडा, नेपाल र गुजरातबीच त्रिकोणात्मक सिरिज हुनेछ ।

प्रतिक्रिया
हाम्रो बारे

आउदै छ

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

 

सम्पर्क

विराटनगर ५ कोशी प्रदेश

9842023757

Email: [email protected]

बिज्ञापनको लागी:

9862006206