१८ बैशाख २०८२, शुक्रबार

सरस्वती र अरनिको स्कुल अन्तरविद्यालय क्रिकेटको फाइनलमा प्रवेश

Logo
Pulse Khabar शुक्रबार, फाल्गुण ११, २०८०

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशन र मोरङ जिल्ला क्रिकेट संघको आयोजना विराटनगरको बैजनाथपुर क्रिकेट मैदानमा जारी अन्तर–स्कुल क्रिकेट प्रतियोगितामा सरस्वती स्कुल र अरनिको स्कुल विजयी भइ फाइनलमा प्रवेश गरेका छन् ।

शुक्रबार भएको पहिलो खेलमा कोशी मोडेल स्कुललाई सरस्वती स्कुलले ६ विकेटले पराजित गरि फाइनलमा प्रवेश गरेको छ । टस जितेर ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ४९ रन बनाएको थियो । जस्मा रविन मण्डलले सर्वाधिक ७० रनको योगदान दिए । सरस्वतीका अविशेक यादवले २ विकेट लिए ।

१ सय ५० रनको लक्ष्य पछ्याएको सरस्वतीले पुरै ओभर खेल्दै ६ विकेटको नोक्सानीमा सो विजयी लक्ष्य भट्टाएको थियो । जस्मा म्यान अफ द म्याच अविशेक यादवले ५६ रन बनाउँदा शिवनन्दन यादवले ३७ रनको योगदान दिए । कोशीका अमन दुलाल र रितिक यादवले २–२ विकेट लिए ।

दोस्रो खेलमा अरनिको स्कुलले सत्यनारायण स्कुललाई सुपर ओभरमा पराजित गरि फाइनलमा प्रवेश गरेको छ । टस जितेर ब्याटिङ गरेको अरनिकोले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ३ रनको योगफल तयार पारेको थियो । जस्मा म्यान अफ द म्याच अमर यादवले सर्वाधिक ३१ रनको योगदान दिए । सत्यनारायणका कुष्णकुमार यादव,सलमान कामत र आबाश यादवले १–१ विकेट लिए ।

१ सय ४ रनको विजयी लक्ष्य पाएको सत्यनारायणले निर्धारित ओभरमा ८ विकेट गुमाई १ सय ३ रन नै बनाए पछि खेलको नियर्ण सुपर ओभरबाट भएको हो । जस्मा आकाश यादवले सर्वाधिक ४३ रनको योगदान दिए । अरनिकोका अमन यादव र साइसोर कोइरालाले २–२ विकेट लिए ।

प्रतिक्रिया
हाम्रो बारे

आउदै छ

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

 

सम्पर्क

विराटनगर ५ कोशी प्रदेश

9842023757

Email: [email protected]

बिज्ञापनको लागी:

9862006206