

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ को पहिलो खेल आज नेपालले नामिबियाविरुद्ध खेल्दै छ । अफ्रिकी प्रतिद्वन्दी नामिबियाविरुद्ध खेल्दै नेपाल प्रतियोगिताको सुखद् सुरुवात गर्न चाहान्छ । आजबाट घरेलु मैदानमा हुने त्रिदेशी शृंखलामा नेपाल जितको लक्ष्य सहित मैदानमा उत्रिने छ ।
क्यानडासँगको श्रृंखला आफ्नो पक्षमा पारेको नेपाल यो खेलका लागि उत्साहित पनि छ । क्यानडासँग खेल्ने सबै खेलाडीको लय उत्कृष्ट रहेको कारण पनि नेपाली टोली हौसिएको छ । शृंखलाको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा नेपाली टिमका क्याप्टेन रोहित पौडेलले सन् २०१९–२३ सम्म भएको भएको लीग २ मा सुरुआत राम्रो गर्न नसकेको भएपनि यसपटक भने सुखद सुरुवात गर्नै लक्ष्यमा रहेको बताए । यसका लागि पुरै टिम उत्साहित रहेको उनको प्रतिकृया छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने नेपाल र नामिबियाबीचको यो खेल बिहान ९ः१५ बजेदेखि सुरु हुनेछ ।
लिग–२ को पहिलो शृंखलामा नेपालसँगै नामिबिया र नेदरल्यान्ड्स सहभागी छन् । लिग–२ मा सहभागी आठ टिममध्ये अंक तालिकाको शीर्ष चारमा रहने टिम सोझै विश्वकप छनोटमा पुग्नेछन् । पुछारका चार टिमले प्लेअफ खेल्नुपर्नेछ ।
यसअघि सन् २०१९ देखि २०२३ सम्म भएको प्रतियोगिताको शीर्ष चारमा रहँदै नेपालले सोझै जिम्बाब्वेमा भएको विश्वकप छनोट खेलेको थियो ।