काठमाडौं:पश्चिमी वायुको प्रभावले देशका विभिन्न भू–भागमा मौसम बदली हुने भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (बिहीबार) कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षासँगै हिमपातको सम्भावना रहेको छ ।महाशाखाका अनुसार दिउँसो कोशी प्रदेशसहित देशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ । तराईका अधिकांश क्षेत्रमा भने मौसम सफा रहने अनुमान छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्नेछ ।राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा बादल लाग्नेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा पनि आंशिक बदली हुने महाशाखाको पूर्वानुमान छ ।
गण्डकी प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।महाशाखाले शुक्रबार पनि देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहने जनाएको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ ।यसैबीच, तराईका भू–भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु र कुहिरो लाग्ने सम्भावना छ ।
