२० कार्तिक २०८३, बिहिबार

पाँचथरमा पूर्वाधार विकास डिभिजन स्थापना

Logo
Pulse Khabar बिहिबार, कार्तिक २०, २०८३

पाँचथर: पाँचथरको फिदिममा पूर्वाधार विकास मन्त्रालय मातहतको पूर्वाधार विकास डिभिजन स्थापना भएको छ ।

जिल्ला समन्वय समितिको कार्यालयमा स्थापित डिभिजनको बुधबार फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले र पाँचथरका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले उद्घाटन गर्नुभयो । पाँचथर, तेह्रथुम र ताप्लेजुङ कार्यक्षेत्र रहेको डिभिजनमा ११ जना कर्मचारीको दरबन्दी छ । मन्त्रिपरिषदको गत असोज १३ गतेको निर्णयबमोजिम स्थानीय पूर्वाधार विकास विभाग मातहतमा डिभिजन स्थापना भएको डिभिजन प्रमुख रामआशिष शाहले जानकारी दिनुभयो । डिभिजनले पर्यटकीय सडक, स्थानीय तहका केन्द्र जोड्ने सडक, वडा कार्यालय जोड्ने सडक, सडक पुल र झोलुङ्गे पुल निर्माणलगायत क्षेत्रमा कार्य गर्ने क्षेत्राधिकार पाएको डिभिजन प्रमुख शाहले वताउनुभयो ।

सातै प्रदेशमा रहेका पूर्वाधार सुपरीवेक्षण तथा अनुगमन कार्यालयको मातहतमा देशभरिमा २१ वटा डिभिजनमध्ये कोशी प्रदेशको पाँचथरमा पहिलो डिभिजन स्थापना भएको हो । कोशी प्रदेशमा पाँचथर डिभिजनले तेह्रथुम र ताप्लेजुङ, इलाम डिभिजनले इलाम र झापा, धनकुटा डिभिजनले धनकुटा, भोजपुर र संखुवासभा , ओखलढुङ्गा डिभिजनले ओखलढुङ्गा, खोटाङ र सोलुखुम्बु तथा इटहरी सुपरीवेक्षण कार्यालयले प्रत्यक्ष रुपमा मोरङ, सुनसरी र उदयपुरमा कार्य गर्ने शाहले वताउनुभयो ।प्रमुख जिल्ला अधिकारी दाहालले स्थानीय तहले समाधान गर्न नसकेका ग्रामीण क्षेत्रका सडक र पुलका समस्या समाधान गर्न कार्यालय परिणामुखी हुने विश्वास गरिएको वताउनुभयो ।

“यहाँ विपदका कारण ग्रामीण क्षेत्रमा सडक र पुल अलपत्र छन । तिनको पुनर्निर्माणमार्फत जनजीवन सहज बनाउन यो डिभिजन सहयोगी हुने यहाँको अपेक्षा छ,” प्रजिअ दाहालले भन्नुभयो, “यस कार्यालयबाट यहाँका नागरिकले धेरै लाभ लिन सक्नुपर्छ ।” उहाँले पूर्वाधार, रोजगारी र उत्पादनमार्फत गरिबी निवारण मद्दत पुग्ने योजना अघि बढाउन पनि डिभिजनलाई आग्रह गर्नुभयो ।फिदिम नगरपालिकाका नगर प्रमुख काफ्लेले सङ्घीय सरकारले विकासका प्रायः सबै कार्य गर्ने पूर्वाधार विकास मन्त्रालय मातहतको कार्यालय स्थापना हुनु जिल्लावासीका लागि खुशीको कुरा भएको वताउनुभयो । उहाँले सङ्घीय कार्यालय स्थापना हुँदा स्थानीय तहलाई काम गर्न सघाउ पुग्ने वताउनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206