१७ कार्तिक २०८३, सोमबार

दियो र हुक्कापाती बेचेर तिहार खर्च जुटाइउँदै

Logo
Pulse Khabar सोमबार, कार्तिक १७, २०८३

सप्तरी: तिहार नजिकिएसँगै जिल्लाका विभिन्न गाउँका कुमाले महिला दियो र हुक्कापाती बेचेर खर्च जुटाउने प्रयास गरिरहेका छन् ।

ती कुमाले महिला दीपावली अर्थात् लक्ष्मी पूजामा बाल्न राजविराज क्षेत्रका घरघर पुगेर आफ्ना उत्पादन दियो र हुक्कापाती बिक्री गर्ने कार्यमा व्यस्त रहेको पाइएको छ ।ती समुदायका विपन्न महिला दीपावलीको खर्च जुटाउन घरघर गएर हुक्कापाती बिक्री गरिरहेका राजविराज नगरपालिका–११ कविता यादवले बताउनुभयो । उनीहरुले तिहार आउनु केही समयअघि देखि नै हुक्कापाती दियो बनाउने अनि त्यसबाट प्राप्त रकमबाट तिहारको खर्च जुटाउने विगतदेखिकै अभ्यास रहेको उहाँले बताउनुभयो ।मजदुरी गरी परिवार पाल्दै आएकाले ती समुदायका महिलाले चाडबाडमा खर्च जुटाउन हुक्कापातीलाई आयआर्जन प्रमुख माध्यम बनाइरहेको देखिन्छ । दुई हजारको सामानबाट हुक्कापाती बनाएर बिक्री गर्दा रु १५ हजारसम्म सकिने उहाँहरुको भनाइ छ ।कुमाले समुदायले दियो र हुक्कापाती बनाएर घरघरमा पु¥याएपछि सहरका उपभोक्तालाई त्यसका लागि आवश्यक सामाग्री जुटाएर तयार पार्ने समस्या र बाध्यता हटेको छ । हुक्कापातीका लागि सन्ठी, खर र सनपाट घरमा ल्याएर घण्टौँ लगाएर बनाउने गरिन्छ ।विगतमा घरघरमा बनाइने हुक्कापाती अहिले विशेषगरी सहरी भेगमा किनेर प्रयोग गर्न थालेको राजविराज नगरपालिका–७ का उर्मिला देवले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले बजारमा बनाएको हुक्कापाती किन्न पाइँदैनथ्यो । सन्ठी, खर र सनपाट किनेर ल्याएर घरघरमा बनाइने चलन थियो । तर, अहिले सहरी क्षेत्रमा हुक्कापाती बनाउने चलन हराउँदै गएको छ । हाल किनेर प्रयोग गर्ने परम्परा बढेको छ ।

”सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका तोपाकी रूकमिणी यादवलाई एक हप्ता यता हुक्कापाती बनाउन भ्याइनभ्याई छ । घरको काम सकेर दिनहुँ बनाएको हुक्कापाती बेचेर तिहारमा रु १५ देखि २० हजार आम्दानी गर्दै आएको छ । उहाँले भन्नुभयो, “जति लक्ष्मीपूजा नजिकिँदै जान्छ त्यति बिक्री हुने गरेको छ । दिनको ३०० देखि ५०० हुक्कापाती बिक्री हँुदै आएको छ । रु १० देखि २० प्रतिहुक्कापाती बेच्दै आएकी छु ।” उहाँले प्रत्येक वर्ष एक महिना उक्त काम गर्दै आउनुभएको छ ।लक्ष्मी पूजाको दिन पूजा हुनुअघि घरमाथि, तुल्सामोठ, कुलदेवताको कोठा तथा मन्दिरमा मधेसमा हुक्कापाती राख्ने चलन छ । लक्ष्मीपूजा सकिएसँगै प्रत्येक घरपरिवारमा हुक्कापाती अनिवार्य खेल्ने परम्परा छ । त्यस कार्यले कुल पितृ उज्यालो मार्गमार्फत स्वर्गमा जान्छन् भन्ने जनविश्वास छ ।त्यस्तै सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाकी कविता पण्डित यतिबेला माटोको दियो बनाउने कार्यमा व्यस्त हुनुहुन्छ । घरको काम सकेर दियो बनाउने अनि घरघरमा गएर दियो बेच्दै आउनुभएको उहाँले बताउनुभयो । तराई मधेसमा माटो भाँडाको तिहारदेखि छठभित्र राम्रो बिक्री हुने गरेको छ । उहाँ प्रत्येक दिन दुई हजारको सङ्ख्यामा दियो बोकेर बजार जाने र प्रतिदियो रु दुईमा बेच्दै आउनुभएको छ । श्रीमती पण्डितले यस याममा रु २० देखि ४० हजारसम्म कमाइ गर्दै आउनुभएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206