काठमाडौं:नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ ।
अघिल्लो दिन प्रतितोला २ लाख ७२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा २ हजार ३ सय रुपैयाँले बढेर २ लाख ७४ हजार ३ सय रुपैयाँ पुगेको छ ।आज प्रतिदश ग्राम छापावाल सुनको मूल्य २ लाख ३५ हजार १ सय ७० रुपैयाँ तोकिएको छ ।
त्यस्तै, चाँदीको मूल्य पनि आज तोलामा ७० रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ६५० रुपैयाँ रहेको चाँदीको मूल्य आज बढेर ३ हजार ७२० रुपैयाँ पुगेको छ ।आज प्रतिदश ग्राम चाँदीको मूल्य ३ हजार १८९ रुपैयाँ ५० पैसा तोकिएको छ ।
