१४ कार्तिक २०८३, शुक्रबार

बाढीमा यात्रुबाहक बस फस्यो, ३० यात्रुको सकुशल उद्धार

Logo
Pulse Khabar शुक्रबार, कार्तिक १४, २०८३

धनकुटा: ताप्लेजुङबाट काठमाडौँका लागि छुटेको यात्रुबाहक बस शुक्रबार अपराह्न तमोर करिडोरअन्तर्गत पाँचथर र धनकुटाको सीमावर्ती क्षेत्र नावा खोलामा फसेको छ ।

निरन्तरको वर्षाका कारण खोलामा बाढी आएपछि जोखिम मोलेर खोला पार गर्न खोज्दा बस बीचमै फसेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । बसमा सवार सबै यात्रुलाई उद्धार गरिएको प्रहरी निरीक्षक पाण्डव राजवंशीले जानकारी दिनुभयो । बस फसेपछि बसमा रहेका करिब ३० जना यात्रुहरूलाई जेसिबीको सहायताले सुरक्षित स्थानमा सारिएको उहाँले बताउनुभयो ।प्रदेश १–०१–००१ ख ४२३३ नम्बरको बस नावा खोलामा फसेको हो । बस पनि जेसिबीको सहायताले निकालिएको छ । बिहीबार बिहानैदेखि भइरहेको वर्षाका कारण नावा खोलासहित विभिन्न खोलामा पानीको सतह बढेको छ । खोलामा पानीको बहाव उच्च भएपछि तमोर करिडोर सडकखण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ ।

कोशी प्रदेशको राजधानी विराटनगरसहित मोरङ र सुनसरीका तराई क्षेत्रलाई धनकुटा हुँदै पाँचथर, तेह्रथुमबाट हिमाली जिल्ला ताप्लेजुङसँग जोड्ने महत्त्वपूर्ण मार्गका रूपमा तमोर करिडोर रहेको छ । तर, नावा खोलामा हालसम्म पक्की पुल निर्माण नहुँदा वर्षायाममा बाढी आउनेबित्तिकै सडक अवरुद्ध हुने समस्या दोहोरिँदै आएको छ ।पुल निर्माणको ठेक्का लागे पनि पटकपटक म्याद थप हुँदा पनि निर्माण सम्पन्न हुनसकेको छैन । जसले गर्दा यात्रु तथा स्थानीयवासीले आवतजावतमा सास्ती खेप्दै आएका छन् ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206