१४ कार्तिक २०८३, शुक्रबार

नेपाल र बङ्गलादेशको एलडिसी स्तरोन्नतिको तयारी अवधि थप

Logo
Pulse Khabar शुक्रबार, कार्तिक १४, २०८३

काठमाडौँ: संयुक्त राष्ट्रसङ्घको महासभाले नेपाल र बङ्गलादेशलाई अतिकम विकसित मुलुक (एलडिसी) को सूचीबाट स्तरोन्नति गर्ने प्रक्रियाका लागि आवश्यक तयारी अवधि सन् २०२९ नोभेम्बर २४ सम्म थप गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।

संयुक्त राष्ट्रसङ्घको बिहीबारको ८१औँ महासभा बैठकले उक्त निर्णय गरेको हो । संयुक्त राष्ट्रसङ्घका लागि न्युयोर्कस्थित नेपाली स्थायी नियोगका अनुसार नेपालले अति कम विकसित मुलुकको सूचीबाट स्तरोन्नति हुनुअघि आवश्यक संरचनात्मक तथा संस्थागत सुधारलाई अझ प्रभावकारी रूपमा अघि बढाउन अतिरिक्त समय प्राप्त गरेको छ ।

नेपालले यस अवधिमा उत्पादन क्षमता अभिवृद्धि, संस्थागत सुदृढीकरण तथा आर्थिक र सामाजिक रूपान्तरणका लागि उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । महासभाबाट प्राप्त अतिरिक्त समयले नेपाललाई अति कम विकसित मुलुकको सूचीबाट सहज, दिगो र अपरिवर्तनीय रूपमा स्तरोन्नति हुने लक्ष्य हासिल गर्न सहयोग पुग्ने विश्वास छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206