विराटनगर:सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–स्थित पर्यटकीय क्षेत्र दिङबुचेमा हिमपात भएको छ ।
मौसममा अचानक आएको परिवर्तनसँगै उच्च हिमाली क्षेत्रमा हिमपात सुरु भएको हो ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हिमपातका कारण दिङबुचे क्षेत्रको जनजीवन प्रभावित बनेको छ । हिमपातसँगै तापक्रम घट्दा चिसो अत्यधिक बढेको छ ।हिमपातपछि दिङबुचेका घर, सडक, डाँडाकाँडा तथा आसपासका क्षेत्र सेताम्मे बनेका छन् ।
अचानक भएको हिमपातले स्थानीय बासिन्दासँगै उक्त क्षेत्रमा रहेका पर्यटक तथा पदयात्रीको आवागमन र दैनिक गतिविधिमा समेत असर पारेको छ।उच्च हिमाली क्षेत्रमा मौसम प्रतिकूल बनेसँगै चिसोबाट जोगिन र यात्रा गर्दा आवश्यक सतर्कता अपनाउनुपर्ने देखिएको छ।
