१४ कार्तिक २०८३, शुक्रबार

अनुदान दिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी

Logo
Pulse Khabar शुक्रबार, कार्तिक १४, २०८३

काठमाडौँ: कृषि फार्मका लागि सहुलियत अनुदान मिलाइदिने प्रलोभन देखाएर रु पाँच करोड ८० लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँ महानगरपालिका–१३ ताहाचलका ५२ वर्षीय तिलक बुढाथोकी भन्ने श्रीकृष्ण महर्जन र ललितपुर महानगरपालिका–१४ नखिपोटका ६० वर्षीय प्रेमनारायण खनाललाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बिहीबार पक्राउ गरेको हो ।

उनीहरूले सिंहदरबारस्थित विभिन्न मन्त्रालयका कर्मचारीसँग राम्रो चिनजान रहेको र कृषि फार्मका लागि सहुलियत अनुदान सजिलै मिलाइदिन सक्ने भन्दै पीडितलाई विश्वासमा पार। रु पाँच करोड ८० लाख ठगी गरेका थिए । काठमाडौँ जिल्ला अदालतको अनुमतिमा उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान थालिएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206