१३ कार्तिक २०८३, बिहिबार

एनपिएलः जनकपुरविरुद्ध काठमाण्डु टस जितेर ब्याटिङमा

Logo
Pulse Khabar बिहिबार, कार्तिक १३, २०८३

काठमाडौँ: तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध काठमाण्डु गोखार्जले टस जितेर ब्याटिङ रोजेको छ ।

यी दुई टोलीबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा प्रारम्भ भएको छ ।काठमाण्डुको यो पहिलो खेल हो । ऊ जनकपुरलाई हराएर विजयी सुरुआत गर्ने लक्ष्यमा छ । उता जनकपुर पहिलो जितको खोजीमा छ । उसले पहिलो खेलमा कर्णाली याक्सविरुद्ध पराजय व्यहोरेको थियो । आजै हुने दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किङ्ग्स आमनेसामने हुने तालिका छ । उक्त खेल अपराह्न ५ः०० बजेदेखि सुरु हुनेछ ।

विराटनगरले पहिलो खेलमा चितवन राइनोजसँग हार व्यहोरेको थियो । सोमपाल कामी नेतृत्वको कर्णाली भने लगातार दोस्रो जित दर्ता गर्न चाहन्छ । उसले पहिलो खेलमा पूर्वविजेता जनकपुरलाई १९ रनले हराउँदै उत्कृष्ट सुरुआत गरेको थियो । कर्णाली आज पनि सोही जित लय जारी राख्ने योजनामा छ । एनपिएलमा आठ वटा टोली प्रतिस्पर्धामा छन् । प्रतियोगिता मङ्सिर ५ गतेसम्म जारी रहने छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206