काठमाडौं:नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य ५० रुपैयाँले घटेको छ।
बुधबार प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज बढेर २ लाख ८३ हजार ५०० रुपैयाँ पुगेको छ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज १० ग्राम छापावाल सुनको मूल्य २ लाख ४३ हजार ५५ रुपैयाँ तोकिएको छ।
त्यस्तै, चाँदीको मूल्य आज प्रतितोला ५० रुपैयाँले घटेर ३ हजार ९३० रुपैयाँ कायम भएको छ। १० ग्राम चाँदीको मूल्य ३ हजार ३६९ रुपैयाँ तोकिएको छ।
