११ कार्तिक २०८३, मंगलबार

मोरङमा २८ किलो गाँजासहित सफारी चालक समातिए

Logo
Pulse Khabar मंगलबार, कार्तिक ११, २०८३

विराटनगर:मोरङको जहदा गाउँपालिकाबाट २८ किलोभन्दा बढी गाँजासहित एक जना पक्राउ परेका छन् ।

जहदा गाउँपालिका–७ स्थित झोलुंगे पुलमा सोमबार साँझ सशस्त्र प्रहरीले चेकजाँचका क्रममा २८ किलो ४५० ग्राम गाँजा बरामद गरेको हो । सशस्त्र प्रहरी बल नेपाल, बीओपी तारिगामाबाट सशस्त्र प्रहरी सहायक निरीक्षक प्रयोजन घिमिरेको कमान्डमा खटिएको टोलीले लक्ष्मीनियाबाट झोलुंगे पुलतर्फ आउँदै गरेको को १–०२–००३ अ ६४९६ नम्बरको सीटी सफारीलाई चेकजाँच गरेको थियो ।

जाँचका क्रममा सफारीमा लुकाएर राखिएको अवस्थामा गाँजासहित एक कार्टुन अर्ना बियर फेला परेको प्रहरीले जनाएको छ । गाँजासहित सफारी र चालक जहदा–७ का २४ वर्षीय देव मण्डललाई नियन्त्रणमा लिइएको सशस्त्रले जनाएको छ ।मण्डललाई बरामद गाँजा, बियर र सफारीसहित सशस्त्रले सोमबार राति जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाएको छ । घटनाको थप अनुसन्धान भइरहेको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206