११ कार्तिक २०८३, मंगलबार

गुवाहाटीको होटल बिलास इनमा गोलीकाण्ड: सम्पत्ति विवादको आशंकामा एक पक्राउ

Logo
Pulse Khabar मंगलबार, कार्तिक ११, २०८३

एजेन्सी:भारतको असम राज्यस्थित गुवाहाटीमा गोली चल्दा एउटै परिवारका चारसहित पाँच जनाको मृत्यु भएको छ । घटनामा अर्का एक जना गोली लागेर घाइते भएका छन् ।

सम्पत्ति विवादको आशंकामा गुवाहाटीस्थित परिवारकै स्वामित्वमा रहेको होटलमा गोली चलाइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । घटना सहरको व्यस्त सडक जीएस रोडस्थित होटल बिलास इनमा सोमबार राति करिब ९ बजे भएको हो । घटनाको एक घण्टाभित्रै गोली चलाएको आरोपमा प्रहरीले घनकान्त गोगोईलाई पक्राउ गरेको छ ।प्रहरीले उनीसँग रहेको लाइसेन्स प्राप्त ३२ बोरको पेस्तोलसमेत बरामद गरेको जनाएको छ ।

गुवाहाटीका प्रहरी आयुक्त पार्थसारथी महन्तका अनुसार गोगोईले गत वर्ष होटल सञ्चालकबाट होटल भाडामा लिएका थिए । होटलको भाडा सम्झौतासम्बन्धी विवादका कारण घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।मृत्यु हुने पाँच जनामध्ये चार जना होटलका मालिक पक्षका एउटै परिवारका सदस्य रहेका र अर्का एक मृतक तथा घाइते व्यक्ति होटल सञ्चालककै गाउँका रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206