११ कार्तिक २०८३, मंगलबार

भारतमा ‘अर्णव’ चक्रवातको वितण्डा: ५३ भन्दा बढी रेल सेवा ठप्प

Logo
Pulse Khabar मंगलबार, कार्तिक ११, २०८३

एजेन्सी:भारतको पश्चिम-मध्य बंगालको खाडीमा विकसित ‘अर्णव’ चक्रवात तीव्र बन्दै ‘अत्यन्त शक्तिशाली चक्रवाती आँधी’ मा परिणत भएको छ ।

यसको जोखिमलाई ध्यानमा राख्दै ५३ वटा रेल सेवा रद्द गरिएको छ ।भारतीय मौसम विज्ञान विभाग (आईएमडी) का अनुसार आँधी बुधबार आन्ध्र प्रदेश र यानमको तटीय क्षेत्र पार गर्ने सम्भावना छ । तटीय क्षेत्रमा प्रवेश गर्दा हावाको गति प्रतिघण्टा ११५ देखि १२५ किलोमिटर रहने र अधिकतम १४० किलोमिटरसम्म पुग्न सक्ने अनुमान छ ।आँधीको प्रभावले आन्ध्र प्रदेश र यानममा मंगलबार र बुधबार, ओडिसामा बुधबार तथा छत्तीसगढमा बुधबार र बिहीबार भारीदेखि धेरै भारी वर्षा हुने चेतावनी दिइएको छ । पूर्वी उत्तर प्रदेशमा पनि बिहीबार वर्षाको सम्भावना छ ।चक्रवातको जोखिमलाई ध्यानमा राख्दै साउथ कोस्ट रेलवेले मंगलबार र बुधबारका लागि ५३ वटा रेल सेवा रद्द गरेको छ ।

रेल प्रशासनले यात्रुलाई स्टेसन जानुअघि रेल सेवा र यात्राको मिति यकिन गर्न आग्रह गरेको छ ।अण्डमान र निकोबार प्रशासनले पनि सावधानीस्वरूप सबै विद्यालय दुई दिन बन्द गर्ने निर्णय गरेको छ । बालबालिका तथा महिलाको पोषण प्रभावित नहोस् भनेर आँगनवाडीका कर्मचारीलाई सम्बन्धित क्षेत्रमा खटाइएको छ । संस्था बन्द रहे पनि लाभग्राहीका घरघरमा सुक्खा खाद्यान्न पुर्‍याउने व्यवस्था गरिएको छ ।यसैबीच, ओडिसा सरकारले चक्रवातसम्बन्धी झूटा, भ्रामक वा अनुमानमा आधारित सूचना तथा चेतावनी सम्प्रेषण नगर्न सञ्चारमाध्यम र डिजिटल प्लेटफर्मलाई आग्रह गरेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206