काठमाडौं:नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य २५ रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ८१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज बढेर २ लाख ८२ हजार ३ सय रुपैयाँ पुगेको छ ।
त्यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ४२ हजार २५ रुपैयाँ कायम भएको छ ।चाँदीको मूल्य भने सोमबारको तुलनामा घटेर प्रतितोला ३ हजार ९ सय ७० रुपैयाँ कायम भएको छ । १० ग्राम चाँदीको मूल्य ३ हजार ४ सय ४ रुपैयाँ तोकिएको छ ।
