०३ कार्तिक २०८३, सोमबार

हर्मुजमा बारुदी सुरुङमा ठोक्किएर तेल ट्याङ्करमा आगलागी

Logo
Pulse Khabar सोमबार, कार्तिक ०३, २०८३

इरानको रिभोलुसनरी गाड्र्सले सोमबार हर्मुज जलघाँटीमा एउटा तेल ट्याङ्कर समुद्री बारुदी सुरुङमा ठोक्किएपछि आगलागी भएको जनाएको छ ।

अमेरिका र इजरायलसँग युद्ध सुरु भएपछि इरानले महत्त्वपूर्ण समुद्री मार्गमा आफ्नो नियन्त्रण कडा बनाइरहेका बेला यो घटना भएको हो ।इरानी सरकारी सञ्चारमाध्यमले गाड्र्सलाई उद्धृत गर्दै ट्याङ्कर समुद्रमा बिछ्याइएको बारुदी सुरुङमा ठोक्किँदा इन्जिन कक्षमा विस्फोट भई आगलागी भएको जनाएको छ । ट्याङ्करले इरानको अनुमति नलिई जलघाँटीको दक्षिणी भागमा रहेको निषेधित मार्ग प्रयोग गरेको र आफ्नो स्थान पहिचान तथा नौसञ्चालन प्रणाली बन्द गरेको गाड्र्सको दाबी छ ।फेब्रुअरीको अन्त्यमा अमेरिका र इजरायलसँग युद्ध सुरु भएपछि इरानले हर्मुज जलघाँटीमा नियन्त्रण कायम गर्दै जहाजको आवागमनमा प्रतिबन्ध लगाएको छ ।

सामान्य अवस्थामा विश्वको कुल तेल आपूर्तिको करिब पाँचौँ भाग ओसारपसार हुने यो जलघाँटीबाट पार हुन इरानको अनुमति लिनुपर्ने तेहरानको माग छ ।यसअघि पनि गाड्र्सले आइतबार दुईवटा तेल ट्याङ्कर समुद्री बारुदी सुरुङमा ठोक्किएपछि आगलागी भएको जनाएको थियो । गाड्र्सका नौसेना कमान्डर एडमिरल अली ओजमेईले यसै साता आफ्नो नौसञ्चालन प्रणाली निष्क्रिय पार्ने जहाजलाई ‘शत्रुतापूर्ण’ मानिने चेतावनी दिनुभएको थियो ।हर्मुज जलघाँटीमा इरानले लगाएको अवरोधको जवाफमा अमेरिकाले इरानी तेल निर्यात रोक्ने उद्देश्यले नौसैनिक नाकाबन्दी लगाएको छ । यसले विश्वको महत्त्वपूर्ण ऊर्जा आपूर्ति मार्गमा तनाव थप बढाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206