२७ भाद्र २०८३, शनिबार

एसिसी प्रिमियर कपः फाइनल खेलमा आसिफको शतक, नेपाल बलियो स्थितिमा

Logo
Pulse Khabar शनिबार, भाद्र २७, २०८३

काठमाडौँ: एसिसी प्रिमियर कप एकदिवसीय अन्तरराष्ट्रिय प्रतियोगिताको फाइनल खेलमा युनाइटेडट अरब इमिरेट्स (युएई)विरुद्ध नेपाली ओपनिङ ब्याटर आसिफ शेखले शतक पूरा गरेका छन् ।

मलेसियाको क्वालालाम्पुरस्थित बायुमास ओभलमा जारी खेलमा उनले १०३ बलमा ८ चौका र ४ छक्कासहित शतक पूरा गरेका हुन् । एकदिवसीय अन्तरराष्ट्रियमा आसिफको यो दोस्रो शतक हो ।उनको सानदार ब्याटिङको मद्दतमा नेपालले आज उत्कृष्ट प्रदर्शन गरिरहेको छ । टस जितेर ब्याटिङ रोजेको नेपालले ३४ ओभरको खेल सकिँदा २ विकेट गुमाएर १८५ रन बनाएको छ ।नेपालले फाइनलमा देव खनाल र शेर मल्ललाई विश्राम दिएर अर्जुन कुमाल र सन्दीप जोरालाई मौका दिएको हो । जारी प्रतियोगितामा जोराले पहिलोपटक अवसर पाएका हुन् ।

आजको खेल जित्ने टोलीले अर्को वर्ष आयोजना हुने एसिया कपमा स्थान बनाउनेछ । नेपाल र युएई दोस्रोपटक एसिसी प्रिमियर कपको उपाधि जित्ने लक्ष्यमा छन् । नेपाल सन् २०२३ र युएई २०२४ को संस्करणको विजेता टोली हुन् । एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा हालसम्म नेपाल र युएईले १९ खेलमा एकअर्काको सामना गरेका छन् । जसमा नेपालले ११ र युएईले आठ खेलमा जित निकालेको विगत छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206