२० भाद्र २०८३, शनिबार

ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई

Logo
Pulse Khabar शनिबार, भाद्र २०, २०८३

ताप्लेजुङ:अन्तरराष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपको उपाधि साविक विजेता सलहेश युवा क्लबले जितेको पारेको छ ।

शुक्रबार भएको फाइनल खेलमा फिदिम स्पोर्टिङ क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै सहलेशले उपाधि हात पारेको हो ।सलहेशका खेलाडी फागुराम थारुले दोस्रो हाफमा गरेको गोल नै उपाधिका लागि निर्णायक बन्यो । सलहेश युवा क्लबले भा रतको जर्जियन युनाइटेडलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । यता झापा-११ लाई १-० गोल अन्तरले पराजित गर्दै फिदिम स्पोर्टिङ क्लब फाइनलमा प्रवेश गरेको थियो ।

लाखेजात्रा सञ्चालन समितिले आयोजना गरेको प्रतियोगितामा भारतको सहित आठ समूहको सहभागिता थियो । विजेता सलहेशले रु सात लाख दुई हजार ८३ तथा उपविजेता फिदिमले रु तीन लाख ५२ हजार ८३ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई विभिन्न विधागत पुरस्कारसमेत प्रदान गरिएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206