१८ भाद्र २०८३, बिहिबार

मलेसियामाथि नेपालको जित

Logo
Pulse Khabar बिहिबार, भाद्र १८, २०८३

काठमाडौँ:एसिसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित निकालेको छ ।

मलेसियामा आज भएको खेलमा नेपालले घरेलु टोली मलेसियालाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित हासिल गरेको हो । यसअघि भएको पहिलो खेलमा नेपालले बहराइनलाई पराजित गरेको थियो । मलेसियाले नेपाललाई जितका लागि १०४ रनको सामान्य लक्ष्य दिएको थियो । जवाफमा नेपाल २१ दशमलव ४ ओभरमा चार विकेट गुमाउँदै लक्ष्य पूरा ग¥यो । नेपालका लागि अर्जुन कुमालले सर्वाधिक ४५ रनको योगदान दिए । उनले ६८ बलमा चार चौका प्रहार गर्दै अविजित ४५ रनको योगदान दिएका हुन् । त्यसैगरी, इसान पाण्डेले २०, दीपेन्द्रसिंह ऐरीले १२ तथा रोहितकुमार पौडेलले १० बनाए । बलिङतर्फ मलेसियाका सायिद अजिज, भिरनदीप सिंह, प्रशान्त मधुकर र अरिफ उल्लाहले समान एक÷एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको मलेसियाले ३२ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै १०३ रनमा समेटिएको थियो । मलेसियाका लागि कप्तान सायिद अजिजले सर्वाधिक ३० रन जोडे । उनले ४९ बलमा दुई चौका र दुई छक्काको सहयोगमा ३० रन जोडेका हुन् । त्यसैगरी, अकिल वाहिदले २४ रन जोडे भने भिरनदीप सिंहले १४ तथा स्याहादत रामिले १३ रन जोड्नेबाहेक अन्य खेलाडीले दोहारो अङ्कमा रन बनाउन सकेनन् । मलेसियालाई १०३ रनमा समेट्ने क्रममा नेपालका करण केसीले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिए । त्यस्तै, ललितनारायण राजबंशीले दुई विकेट तथा हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले समान एकरएक विकेट लिए । नेपालले अब आफ्नो तेस्रो खेल यही भदौ २१ गते साउदी अरेबियासँग खेल्नेछ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206