१८ बैशाख २०८२, शुक्रबार

चेलीहरुको कीर्तिमानी जीत

माल्दिभ्स १३ रनमै अल आउट
Logo
Pulse Khabar मंगलबार, फाल्गुण ०१, २०८०

काठमाडौं । दुई ब्याटर रुविना क्षेत्री र पूजा महतोको कीर्तिमानी ब्याटिङ्गका कारण नेपालले ए.सी.सी वुमन्स प्रिमियर कपमा माल्दिभ्सविरुद्ध विश्व कीर्तिमानी जित हात पार्न सफल भएको छ । मंगलबार मलेसियाको बाँगीमा जितका लागि २२८ रनको लक्ष्य पछ्याएको माल्दिभ्स १३ रनमै अल आउट भएपछि नेपालले २१४ रनको कीर्तिमानी जित हात पारेको हो । जितको लागि २२८ रनको विशाल विजयी लक्ष्य पछ्याएको माल्दिभ्स १३.५ ओभरमा १३ रनमा अल आउट भयो । माल्दिभ्सकी सुमाया अहमदले सर्वाधिक ५ रन बनाइन् । माल्दिभ्सका ६ खेलाडी शून्यमा आउट भए । यो नेपालको महिला टी–२० आईमा सर्वाधिक ठूलो अन्तरको जित हो ।

नेपालको जितमा अश्मिना कर्माचार्यले ४, पूजा महतोले ३, रुविना क्षेत्रीले ३ विकेट लिइन् । त्यसअघि मलेसियाको बाँगीमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २२७ रन बनाएको थियो । नेपालकी पूर्वकप्तान रुविना क्षेत्री बेलबासेले ११८ रनको अविजित शतकीय इनिङ खेलेकी थिइन् । पूजा महतो ५९ रनमा नट आउट रहिन् । नेपालले यसअघि भुटान र हङकङलाई समान ८ विकेटले हराएको थियो । नेपाल समूह डी बाट ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा रहेर क्वाटरफाइनलमा पुगेको छ । क्वाटरफाइनलमा नेपालले समूह ए को उपविजेता कुवेतसँग खेल्नेछ । हङकङ ३ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा रहँदै क्वाटरफाइनल पुगेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

आउदै छ

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

 

सम्पर्क

विराटनगर ५ कोशी प्रदेश

9842023757

Email: [email protected]

बिज्ञापनको लागी:

9862006206