१५ भाद्र २०८३, सोमबार

एनआरएनए र अन्तरराष्ट्रिय समुदायसँग सहकार्य गर्ने सरकारको प्रतिबद्धता

Logo
Pulse Khabar सोमबार, भाद्र १५, २०८३

काठमाडौँ:परराष्ट्रमन्त्री शिशिर खनालले विपद्को कठिन घडीमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै राहतसँगै पुनःस्थापना र पुनःनिर्माणका सबै चरणमा एनआरएनए तथा अन्तरराष्ट्रिय समुदायसँग सहकार्य गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

परराष्ट्र मन्त्रालयमा आज एनआरएनए अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष डा हेमराज शर्मासहित प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री खनालले एनआरएनएले विदेशमा रहेका नेपाली समुदायलाई एकीकृत गरी विपद् व्यवस्थापन तथा पुनर्निर्माणमा परिचालन गर्ने पहल स्वागतयोग्य रहेको बताउनुभयो । उहाँले यसका लागि परराष्ट्र मन्त्रालयले एनआरएनएसँग निरन्तर समन्वय, सहकार्य र सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मन्त्री खनालले हालको विपद् सामान्य बाढीभन्दा फरक र अत्यन्त ठूलो प्रकृतिको रहेको उल्लेख गर्दै रसुवा र नुवाकोटका धेरै बस्तीमा ठूलो जनधन तथा भौतिक पूर्वाधारको क्षति भएको बताउनुभयो । यति ठूलो विपद्को पुनःस्थापना तथा पुनःनिर्माण नेपाल सरकारले मात्र गर्न नसक्ने भन्दै उहाँले राहतसँगै पुनःस्थापना र पुनर्निर्माणका सबै चरणमा एनआरएनए र अन्तरराष्ट्रिय समुदायसँग सहकार्य आवश्यक रहेको बताउनुभयो ।

मन्त्री खनालले एनआरएनएले स्थानीय सरकार तथा सम्बन्धित निकायसँग समन्वय गरी राहत वितरण गर्न सक्ने र राहत वितरणअघि तथा पछि आवश्यक विवरण सरकारलाई उपलब्ध गराउनुपर्ने बताउनुभयो ।उक्त अवसरमा एनआरएनए अन्तरराष्ट्रिय समन्वय परिषद्ले बाढी तथा डुबानबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक करोड हस्तान्तरण गरेको थियो । एनआरएनएका अध्यक्ष डा शर्मासहितको प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री खनाललाई उक्त रकम हस्तान्तरण गरेको हो । एनआरएनएका पदाधिकारी तथा अभियन्ता र विभिन्न राष्ट्रिय समन्वय परिषद् (एनसिसी) बाट सङ्कलित रकममध्ये पहिलो चरणमा उक्त रकम कोषमा हस्तान्तरण गरिएको सङ्घले जनाएको छ । उक्त रु एक करोड रकम एनआरएनएले कोषको खातामा जम्मा गरिसकेको छ । एनआरएनएले विपद्बाट प्रभावित नागरिकलाई राहत तथा मानवीय सहयोगका लागि रु पाँच करोड सहयोग गर्ने घोषणा गरेको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206